Sunday, August 13, 2017

बिराटनगर महानगरमा १३०० घर डुबानमा, पीडितले पानीसमेत पिउन पाएनन् |

२९ साउन, मोरङ । मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ ।
डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन् ।
महानगरपालिकाको ८० प्रतिशत भूभाग डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । बाढी र डुबानका कारण खानेपानीको आपूर्ति बन्द छ । दुई दिनदेखि विद्युत आपूर्ति समेत अवरुद्ध छ ।

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो /








२९ साउन, काठमाडौं । बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । १७ जना बेपत्ता भएका छन् ।


सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ/

   
२९ साउन, रौतहट । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।
प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताए ।
चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गाँउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।
झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत डुबानमा परेको छ ।
गएराति गरुडा र सदरमुकाम गौरमा बाढीको पानी पसेको छ । गौरको मुख्य सडकमा ४ फिटसम्म पानी रहेको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।

Friday, August 11, 2017

के तपाई घरमै बसेर गर्न सकिने जागीरको खोजीमा हुनुहुन्छ ? Ph. 01-4242105

सैयुज मानन्धर, के म तपाईलाई सहयोग गर्न वा वताउन सक्छु ? हो तपाईले घरमै बसेर गर्न सकिने जागीरको खोजीमा हुनुहुन्छ । बिभिन्न ठाउँमा गएर जागीरको लागि अन्तवार्ता दिदा दिदै थकित छन् आजभोली नेपाली युवायुवतीहरु । वेरोजगारको चरम अभाव छ, देशमा अवशर नपाएर आफ्नो माटो छाडेर विदेशिने संख्या धेरै छन् । तर केहि मिहेनत र लगनशिलता भएर काम गर्ने हो भने नेपालमै पनि केहि गर्न सकिन्छ र आफ्नो व्यक्तित्व विकास सँगै आम्दानी पनि गर्न सकिन्छ ।
पछिल्लो समयमा अनलाईन मार्फत काम गरी पैसा कमाउने विभिन्न उपायहरु आईरहेका छन् , बिभिन्न अनलाईन माध्यमहरुले यसको अवशर प्रदान गर्दै आएका छन् । छन् धेरै छन् यस्ता माध्यमहरु तर यसलाई कसरी सदूपयोग गर्ने, कसरी पैसा कमाउन सकिन्छ भन्ने कुराको जानकारी हुन नसक्दा हामीले अनलाईन साइडहरुबाट मनग्य फाईदा लिन सकिरहेका छैनौं ।
भिडियो
यस्तै तालिमहरुको भिडमा नेपालमा पनि धेरै तालिम केन्द्रहरु खुलेका र तालिम दिई पैसा आर्जन गर्ने बाटोहरु देखाईरहेका छन् । यस्तै तालिम केन्द्रहरुको बिचमा सफल रुपमा रहेको तालिम केन्द्र  काठमाडौ स्थित न्यूरोडमा रहेको सबकुरा डटकम हो जसले सफल तरिकाले अनलाईन विजनेश सम्बन्धी तालिमहरु प्रदान गर्दै आईरहेको छ र धेरैलाई घरमै बसिबसि आर्य आर्जन गर्ने कुराहरुमा सफल रुपमा प्रदान गर्ने काम गरेको ।
यस कम्पनीले प्रदान गर्ने अनलाईन विजनेश सम्बन्धी Data Entry, Google Adsense, CPA Affiliated, Video Editing, Word press, SEO जस्ता तालिमहरु प्रदान गर्दै आएको छ । यसरी यस कम्पनीबाट तालिम पश्चात गरेन्टिका साथ घरमै बसेर पनि पैसा कमाउन सकिन्छ । मैले यस कम्पनीबाट तालिम लिए पश्चात दिनको ४–५ घण्टा काम गरेर १५ देखि २० हजार सम्म मासिक आम्दानी गरिरहेको छु । हजुरहरु पनि तालिम पश्चात घरमै बसेर पैसा कमाउन सक्नुहुन्छ त्यको लागि जानुहोस् काठमाडौ न्यूरोडमा रहेको गौतम कम्पनीमा । तपाईले ०१–४२४२१०५ फोन गरेर वा www.sabkura.com मा login गरेर पनि जानकारी लिन सक्नुहुनेछ ।

अनलाईन विजनेश सम्बन्धी के भन्छन् त दिब्य दर्शन (भिडियो सहित), Ph. 01-4242105

म अहिले न्यूरोडमा रहेको सबकुरा डटकम मार्फत अनलाईन विजनेश सम्बन्धी तालिम लिईरहेको छु । मैले यहाँ तालिम लिएको लगभग १ महिना जति भयो र मैले २०–२५ हजार कमाइसकेको छु । यो रकम मैले दिनको घरमा बसेर २–३ घण्टा काम गरेर कमाएको रकम हो । ईच्छुकले यस कम्पनीले आएर आफ्नो सिपको सहि सदुपयोग गर्नु भयो भने भारी रकम कमाउन सक्नुहुनेछ । यहाँको शिक्षकले राम्रो सँग तालिम प्रदान गर्नुहुन्छ र मानसिकता बुझेर तालिम प्रदान गर्नुहुन्छ । मैले यहाँ आएर धेरै कुरा सिक्न पाए हजुरहरुले पनि आफ्नो खालि समयलाई सदूपयोग गर्दै यहा आएर तालिम लिनुभयो भने तालिम लिनुका साथै पैसा पनि कमाउन सक्नुहुनेछ ।
भिडियो हेर्नुहोस्

मेरो जागिर त छदै त तर फूर्सदको समयमा पनि अनलाईन बाट पैसा कमाउछु (हिमाल पोख्रेल), Ph. 01-4242105

नमस्ते मेरो नाम हिमाल पोखरेल मेरो पेशा इन्जिनियरीङ्ग हो । म अहिले विहानमा कलेज पठाउछु दिनमा अफिस चलाउछु । फूर्सदको समयमा म धेरै जासे फेसबुक मात्र चलाउथे, लाग्यो यो समयमा केहि गर्न सके भने आफ्नो क्षमता त वृद्धि हुन्थ्यो र केहि पैसा कमाउन पनि सकिन्छ भन्ने सोच बनाएर ईन्टरनेटमा बिभिन्न साइडहरु सर्च गर्दै थिए । सर्च गर्दै जादाँ सबकुरा डटकम भन्ने साइट देखे र सबै कुराहरु हेर्न पाए जसमा उल्लेख गरिएको थियो अनलाई विजनेश तालिम लिएर पैसा कमाउन सकिन्छ र आफ्नो फूर्सको समय सदूपयोग गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको थियो ।
उक्त साईडमा रहेको बिभिन्न जानकारी र फोन नम्बर लिएर फोन गरे र त्यहाँ रहेका रिसेप्सन हरुसँगको कुराकानी पछि न्यूरोडमा रहेको सबकुरा डटकम कम्पनीमा पुगे । यो कम्पनी पहिला गौतम कम्पनीको रुपमा रहेको र अहिले सबकुरा डटकम नाम परिर्वत सहित धेरै कुराहरुको पारिमार्जित गरिएको रहेछ । त्यहाँ रहेका काउन्सिलहरुले अनलाईन विजनेशका बारेमा धेरै कुराको जानकारी दिनुभयो र म पनि निर्धक भएर तालिम लिई अनलाईन मार्फत पैसा कमाउने निणर्य गरे र सो अनुरुपका प्रकृयाहरु पुरा गरि तालिम लिन थाले ।

भिडियो हेर्नुहोस् 

अहिले म आफ्नो मिहेनत र उक्त कम्पनीले प्रदान गरेको तालिम प्रत्ति पूर्ण सन्तुष्ट छु । फूर्सदको समयमा फेसबुकमा खाली लाईक, कमेन्ट गर्ने मेरा हात र मस्तिष्क एउटा आय आर्जको बाटोमा दौडिरहेका छन् । मैले जति समय दिएको छु सो अनुसार पैसा पनि कमाउन सफल भएको छु । म जस्तै हजुरहरु पनि केहि गर्ने सोच र फूर्सको समयको सदूपयोग गर्न चाहनुहुन्छ भने जानुहोस् सबकुरा डटकममा र तालिम लिई आफूलाई अझ सफल र सक्षम बनाउनुहोस् ।

Wednesday, August 9, 2017

चिकित्सा विधेयक अन्तिम चरणमा

श्रावण २५, २०७४- मेडिकल कलेज नभएका प्रदेशमा ५ वर्ष भित्र सरकारले कम्तिमा एउटा चिकित्सा शिक्षा क्याम्पस खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हुने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा संसदीय समिति अन्तर्गतको कार्यदलले चिकित्सा शिक्षलाई सबैको पहुँचमा पुर्‍याउन यस्तो व्यवस्थामा सहमति जुटाएको हो । कार्यदलको सहमतिअनुसार पूर्ण समितिको बैठकले राष्ट्रिय चिकित्सा विधेयक पारित गरेमा हालसम्म मेडिकल कलेज नभएका प्रदेशमा सरकारले आफ्नै लागानीमा मेडिकल कलेज खोल्नु पर्नेछ । चिकित्सा शिक्षा सुधारको मागमा अनसन बसिरहेका त्रिवी शिक्षण अस्पतालका डा गोविन्द केसीका मुख्य मागमध्ये सातै प्रदेशमा सरकारी लगानीमा मेडिकल कलेज खोलिनु पर्ने पनि एक हो । 

कार्यदलले आगामी ५ वर्षसम्म नयाँ मेडिकल कजेललाई समबन्धन नदिनेगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउने तयारी गरेको छ । ‘विधेयक पारित भएपछि ५ वर्ष सम्म नयाँ निजी मेडिकल कलेजले सम्बन्धन पाउने छैनन्,’ कार्यदल स्रोतले भन्यो– ‘तर यस्तो व्यवस्थाले पहिले नै आसयपत्र लिएर सम्पूर्ण पूर्वाधार तयार गरी अस्पताल सञ्चालन गरेको र सम्बन्धीत विश्वविद्यालयले अनुगमन गरी योग्य ठहर्‍याइसकेका मेडिकल कजेलजाई सम्बन्धन दिन भने बाधा पार्ने छैन ।’ डाक्टर केसीले भने दश वर्षसम्म राजधानीमा थप कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गरिरहेका छन् । आफूसँग सरकारले यसअघि गरेको सम्झौतामा चलखेल गरी सम्बन्धन दिन लागिएको भन्दै केसी अहिले अनसन बसिरहेका छन् । चिकित्सा शिक्षा विधेयकमा माथेमा आयोगको प्रतिवेदन र आफूले दिएका सुझावका बुँदा समावेश हुनुपर्ने पनि उनको माग छ । 
कार्यदलले भविश्यमा निजी मेडिकल केलजलाई सम्बन्धन दिने मापदण्डमा पनि जिल्लाको जनसंख्यालाई आधार बनाउनुपर्ने निस्कर्ष निकालेको छ । ‘जिल्लामा यतिवटासम्मलाई सम्बन्धन दिने भन्ने व्यवस्था गर्नु उपयुक्त हुँदैन,’ छलफलको निस्कर्ष उद्धृतगर्दै कार्यदल स्रोतले भन्यो– ‘जिल्लामा रहेका जनसंख्याको चाप, जनघनत्व, विकास पूर्वाधार र सम्भावना समेतलाई हेरिनु पर्छ ।’ कार्यदलले राष्ट्रिय चिकित्सा आयोगको क्षेत्राधिकार कस्तो हुने भन्नेमा सहमति जुटाउन बाँकी छ । ‘मेडिकल कलेजका लागि आसयपत्र दिने, सम्बन्धन दिने र गुणस्तर दिने एकै निकाय (प्रस्तावित आयोग)हुन सक्दैन भन्ने कोणबाट छलफल भइरहेको छ,’ कार्यदलका एक सदस्यले भने– ‘जसरी कानुन बनाउने, कार्यन्यन गर्ने र न्यायीक निरुपण गर्ने निकाय एकै हुन सक्दैन, त्यसैगरी मेडिकल कलेजको आसयपत्र, सम्बन्धन दिने निकाय पनि एकै हुन सक्दैन ।’ 
विधेयकमाथि दफवार छलफल गरी संसोधनहरुमाथि सहमतिको प्रयास जारी राखेको कार्यदलले बुधबार समितिमा प्रतिवेदन बुझाउने गृहकार्य गरेको हो । समिति सभापति रंजु झाको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसका जीवन परियार र दिपशिखा ढकाल, एमालेका रामहरी सुवेदी र श्रीमाया थकाली, माओवादीका धनीराम पौडेल र राप्रपाकी आनन्दीदेवी पन्त सदस्य छन् । 
कार्यदलले पेस गर्ने प्रतिवदेनलाई समितिको पूर्ण बैठकले जस्ताको तस्तै पारित गर्न वा परिमार्जन गर्न सक्छ । ‘लगभग सबै विषयमा सहमति जुटेको छ, जसमा माथेमा (त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा) कार्यदलका ८० प्रतिशत सुझाव समेटिएका छन्,’ कार्यदलका एक सदस्यले भने, ‘सकेसम्म बुधबार पूर्ण समितिमै पेस हुने गरी प्रतिवेदन तयारीको काम गरिहेका छौं ।’ संसदमा जस्तै संसदीय समितिमा पनि सत्तापक्षको सहज बहुमत भएका कारण सरकारले चाहँदा कार्यदलले सहमति जुटाएका वा नजुटाएका विषयलाई समितिले पारित गर्न सक्छ । समितिको सुझाव सहितको प्रतिवेदनमाथि सदनमा हुने संक्षिप्त छलफलपछि संसदको बहुमतले विधेयक पारित गर्ने संसदीय अभ्यास छ ।  


मेलम्ची पुगेर प्रधानमन्त्रीले भने, 'काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो भो

श्रावण २५, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । 
आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो काम सकाउन भनेका हुन् । आयोजनाका अधिकारीहरुलाई निर्देशन दिँदै देउवाले भने, 'सन् २०११ देखि काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो मात्रै भयो । जति सक्दो चाँडो गर्नुस् । त्यसका लागि साधन, स्रोत, पैसा के आवश्यक सरकार सहयोग गर्न तयार छ ।'
उनले आयोजना स्थलको इन्टेक ड्याम, टनेललगायतको अवलोकन गरेका छन् । मेलम्चीको पानी आगामी दसैंसम्ममा काठमाडौं भित्र्याउने लक्ष्य राखिए पनि त्यो सम्भावना टरेको छ ।


प्रादेशिक र संसदीय चुनाव एकैपटक गर्नुपर्छ : दाहाल

श्रावण २५, २०७४- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलहरुले प्रादेशिक र संसदीय चुनाव एकैपटक गर्नुपर्ने मनसाय बनाएको बताएका छन् ।

पार्टीको ५ नम्बर प्रदेशस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिन बुटवल आएका दाहालले प्रशिक्षण अघि पत्रकारहरुसँग कुरा गर्दै यसो गर्दा समय र रकम बचत हुने तथा संवैधानिक अफ्ठेरो पनि नआउने  बताए । ‘सम्भवत एक हप्ताभित्रमै चुनावको मिति घोषणा हुन्छ’ उनले भने ।

अध्यक्ष दाहालले तेस्रो चरणमा राजपा चुनावमा आउनै पर्ने बताउँदै अब पनि चुनावमा नआए राजपाका लागि आत्मघाती हुने बताए । चुनावमा आउने र जनमत नमान्ने आत्मघाती काम नगर्न राजपा नेताहरुलाई उनले सुझाव समेत दिए । भने ‘आफ्ना माग सम्बोधन हुनुपर्ने उहाँहरुको माग छ’ उनले भने, ‘त्यसमा जटिलता आउने भएकाले यता नलागेर आफ्नै लागि पनि उहाFहरु चुनावमा जानुपर्छ।’

अध्यक्ष दाहालले चुनाव निकै महँगो र भड्किलो भएको बताउँदै वर्तमान निर्वाचन प्रणाली फेर्न नसके मुलुक तस्कर र भ्रष्टाचारीको हातमा जाने दाबी गरे । गरिब र मध्यमवर्गले चुनाव लड्नै नसक्ने अवस्था आएको बताउँदै उनले पूर्ण समानुपातिक चुनावमा गए यस्तो विकृति नआउने राय दिए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नआउँदासम्म राजनीतिक स्थिरता समेत नआउने दाहालको दाबी थियो ।

अध्यक्ष दाहालले पार्टी विभाजन तथा सांगठानिक अस्तव्यस्तताका कारण चुनावमा माओवादीले असफलता ब्यहोरेको बताए । पार्टी र संगठन बलियो बनाउन वैद्य, बाबुराम र विप्लवसँग पार्टी एकताको संवाद सुरु भएको उनले दाबी गरे । ‘पार्टी एकताको छिट्टै सकारात्मक परिणाम आउने छ’ उनले भने ।